७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक वर्षमा सुकुम्वासी समस्या समाधान हुन्छ’



अ+ अ-

पोखरा । कास्की निर्वाचन क्षेत्र नं– २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले एक वर्षभित्र सुकुम्वासी समस्या स’माधान हुने बताउनुभएको छ ।

चुनावी प्रचारप्रसार अभियानअन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न वडाका सुकुम्वासी बस्तीमा भएको घरदैलो कार्यक्रममा स्थानीयवासीका गुनासो सुन्दै उहाँले सुकुम्वासी समस्या सधैंका लागि समाप्त हुने विश्वास दिलाउनुभयो ।

पोखरा महानगरपालिका–१७ स्थित हनुमानटोल, रातोपैह्रा, प्रगतिटोल, पुलचोक, बाराहीटोल, नमूनाटोल, बर्खेतरालगायतका विभिन्न आठ वटा सुकुम्वासी बस्तीमा पुग्दा स्थानीय जनताले देखाएको उत्साहलाई कहिल्यै पनि नभुल्ने प्रण गर्दै उहाँले सुकुम्वासी समस्या समाधानका लागि तीन वटै सरकारको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

निर्वाचन क्षेत्र अन्तर्गतका पोखरा महानगरपालिका–४, ७, ८, ९, ११, १५,१६, १७, २०, २१ र ३३ गरी कूल ११ वटा वडामा धेरै थोरै सुकुम्वासी बस्ती रहेको नेकपा कास्की जिल्ला कमिटी सदस्य ओम पौडेलले जानकारी दिनुभयो ।

कास्कीमा तीन हजार ५०० भन्दा बढी सुकुम्वासी परिवार बसोवास गर्दै आएको तथ्याङ्क प्रस्तुत गर्दै नेता पौडेलले भन्नुभयो, “निर्वाचन क्षेत्र नं २ मा कूल सुकुम्वासी सङ्ख्याको ६० प्रतिशत परिवार बसोवास गर्दै आएका छन् ।”घरदैलो पश्चात आयोजित विभिन्न चुनावीसभामा बोल्ने पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका नेताले भूमिहीनलाई जग्गाको मालिक बनाउने अभियानमा सामूहिक प्रयास रहने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।