३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक वर्षमा सुकुम्वासी समस्या समाधान हुन्छ’



अ+ अ-

पोखरा । कास्की निर्वाचन क्षेत्र नं– २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले एक वर्षभित्र सुकुम्वासी समस्या स’माधान हुने बताउनुभएको छ ।

चुनावी प्रचारप्रसार अभियानअन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न वडाका सुकुम्वासी बस्तीमा भएको घरदैलो कार्यक्रममा स्थानीयवासीका गुनासो सुन्दै उहाँले सुकुम्वासी समस्या सधैंका लागि समाप्त हुने विश्वास दिलाउनुभयो ।

पोखरा महानगरपालिका–१७ स्थित हनुमानटोल, रातोपैह्रा, प्रगतिटोल, पुलचोक, बाराहीटोल, नमूनाटोल, बर्खेतरालगायतका विभिन्न आठ वटा सुकुम्वासी बस्तीमा पुग्दा स्थानीय जनताले देखाएको उत्साहलाई कहिल्यै पनि नभुल्ने प्रण गर्दै उहाँले सुकुम्वासी समस्या समाधानका लागि तीन वटै सरकारको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

निर्वाचन क्षेत्र अन्तर्गतका पोखरा महानगरपालिका–४, ७, ८, ९, ११, १५,१६, १७, २०, २१ र ३३ गरी कूल ११ वटा वडामा धेरै थोरै सुकुम्वासी बस्ती रहेको नेकपा कास्की जिल्ला कमिटी सदस्य ओम पौडेलले जानकारी दिनुभयो ।

कास्कीमा तीन हजार ५०० भन्दा बढी सुकुम्वासी परिवार बसोवास गर्दै आएको तथ्याङ्क प्रस्तुत गर्दै नेता पौडेलले भन्नुभयो, “निर्वाचन क्षेत्र नं २ मा कूल सुकुम्वासी सङ्ख्याको ६० प्रतिशत परिवार बसोवास गर्दै आएका छन् ।”घरदैलो पश्चात आयोजित विभिन्न चुनावीसभामा बोल्ने पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका नेताले भूमिहीनलाई जग्गाको मालिक बनाउने अभियानमा सामूहिक प्रयास रहने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।