६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ दिनदेखि हराइरहेकी महिला मृत फेला



अ+ अ-

काठमाडौं । तेह्रथुमको म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

यही वैशाख १६ गतेदेखि हराइरहेकी ५३ वर्षीय दिलमाया तुम्बाहाङ्फे लिम्बू आज मृतावस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताउनुभयो ।

सम्पर्कविहीन भएदेखि परिवार, आफन्त, छरछिमेक र प्रहरीले दिलमायाको खोजी कार्यजारी राखेका थिए । सो क्रममा बुधबार बिहान म्याङलुङ-९ स्थित कोप्चे र पाटीगाउँको सिमानामा पर्ने खोल्सामा लिम्बूको शव भेटिएको श्रीमान् धनबहादुर तुम्बाहाङ्फे लिम्बूले बताउनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिनुभयो ।