२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरको ठक्करबाट एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको गैँडाकोट नगरपालिका-९ थुम्सीस्थित पूर्व-श्चिम राजमार्गमा आज दिउँसो ना७ख ८६२१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको लु४१प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार देवचुली नगरपालिका-१० का ३५ वर्षीय जमुदा गिरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका गिरीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको उहाँले बताउनुभयो ।

दुर्घटनमा परी मोटरसाइकल चालक मृतक जमुना गिरी थापाका श्रीमान् ४० वर्षीय राजबहादुर थापा घाइते हुनुभएको छ । उहाँको भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो ।