२९ भाद्र २०८३, सोमबार
,
Latest
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनायो । अमेरिकाका लागि स्मित पटेलले शतकीय पारी खेले ।

उनले १०७ बल खेल्ने क्रमा १० चौका र ५ छक्कासहित ११६ रन बनाए । त्यस्तै हरमित सिंहले अविजित २५, जसदीप सिंहले अविजित ३३ रन, शायन जहाँगिरले ९, कप्तान मोनाङ्क पटेलले २०, सैतेजा मुक्कामल्लाले १०, मिलिन्द कुमारले ७, शुभम रञ्जनेले १६, सञ्जय कृष्णमुर्तीले १५ तथा शेहान जयसूर्याले ७ रन बनाए ।

बलिङतर्फ नेपाल ‘ए’ का लागि पवन सर्राफले २ तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले एक एक विकेट लिए । अहिले नेपाल ‘ए’ले जवाफी ब्याटिङ गरिरहेको छ ।