५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रस्तावित प्रमुखसहित निर्वाचन आयुक्तद्वयको सुनुवाइ यही साउन १२ र १३ गते गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ जना अवैतनिक दूत पदमुक्त



अ+ अ-

काठमाडौँ । सरकारले विदेशमा कार्यरत १५ जना अवैतनिक दूत तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विभिन्न देशमा रहेका अनररी कन्सुलर जनरल र कन्सुलरलाई हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले विदेशस्थित १५ जना अवैतनिक कूटनीतिक प्रतिनिधिको जिम्मेवारी अन्त्य गर्ने निर्णय गरेको बताए। यद्यपि पदमुक्त गरिएका व्यक्तिहरूको नाम र कार्यरत देश सार्वजनिक गरिएको छैन।

यससँगै मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय श्रम संगठनका बाध्यकारी श्रमसम्बन्धी महासन्धि–१९३० को २०१४ प्रोटोकल नम्बर २९ तथा श्रम निरीक्षणसम्बन्धी १९४७ को महासन्धि नम्बर ८१ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।