३१ श्रावण २०८३, आईतवार
,
Latest
जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगुमा अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुगुका विभिन्न पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।

“अनुमतिविना पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ, उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ”, उहाँले भन्नुभयो ।

मुगुम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा सङ्कलनसम्बन्धी सूचना प्रकाशित गरेको छैन । यार्सागुम्बा सङ्कलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनमा सुरक्षा बढाइएको छ ।

मुगुका दुई दर्जनभन्दा बढी वन तथा पाटनमा पाइने बहुमुल्य, बहुउपयोगी जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछामसहित मुलुकभर र भारतबाट सङ्कलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन् ।

यार्सागुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रुपमा रहेको छ । यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सागुम्बा बिक्रीबाटै जुटाउने गर्दछन् ।