२९ भाद्र २०८३, सोमबार
,
Latest
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विपद् जोखिम न्यूनीकरण’ विषयमा रास्वपाले पुनः सुरु गर्दै ‘नीति मन्थन’ कार्यक्रम



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विगतदेखि सञ्चालन गर्दै आएको ‘नीति मन्थन’ कार्यक्रम पुनः सुरु गर्ने भएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशन तथा वैशाख २० गते बसेको केन्द्रीय सचिवालय बैठकको छलफलका आधारमा कार्यक्रमलाई पुनः निरन्तरता दिन लागिएको हो।

पार्टीका अनुसार यही वैशाख २७ गते अपराह्न ३ बजेदेखि ६ बजेसम्म काठमाडौंको नेपाल पर्यटन बोर्डस्थित सभा हलमा ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा ‘नीति मन्थन’ कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रममा विपद् व्यवस्थापनसँग सम्बन्धित नीति, चुनौती र समाधानका उपायबारे विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच छलफल हुने जनाइएको छ।