१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले नेपाललाई उपलब्ध गरायो साढे छ लाख फाइजर खोप



अ+ अ-

काठमाडौँ।कोभिड–१९ विरुद्ध लड्न नेपाललाई अमेरिकी सरकारले फाइजर खोपका थप ६,६४,५६० मात्राको अनुदान प्रदान गर्दै छ । अमेरिकी जनताको उदारता स्वरूप १२ वर्ष र सोभन्दा बढी उमेरका मानिसका निम्ति उपलब्ध गराइएका यी अत्यन्त प्रभावकारी जीवनरक्षक खोप यसै वर्षको अघिल्तिर अमेरिकाले नेपाललाई अनुदानमा दिएका फाइजर खोपका १,००,६२० मात्रा र एकल-मात्राको जोन्सन एन्ड जोन्सन खोपका १५ लाख ३५ हजार खोपमा थपिएका हुन् । यस सहायताले जीवनरक्षक चिकित्सा सामाग्री, तालिम र प्राविधिक सहयोगको रूपमा हालसम्म नेपाललाई उपलब्ध गराइएको १२ करोड २० लाख डलरभन्दा बढीको सहायता (खोपको लागत समावेश नगरी) मा वृद्धि गरेको छ । महामारीको समयमा नेपाललाई अमेरिकाको जारी सहयोगको एक हिस्साको रूपमा अमेरिकाले नि स् शुल्क र बिना पूर्व सर्त खोपहरू प्रदान गरिरहेको छ ।

यसका साथै, अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआईडी) र युनिसेफले यी खोपहरू तत्काल आवश्यक भएका क्षेत्रहरूमा सुरक्षित र न्यायोचित ढङ्गले वितरण गर्न र मानिसहरूलाई खोप लगाउन प्रोत्साहित गर्नमा नेपालसँग साझेदारी गर्दै छन् । अति कम तापक्रमयुक्त फ्रिजर, वाक(इन फ्रिजर, वाक(इन कोल्ड रुम, फ्रिजर भ्यान, क्रायोजेनिक पन्जा, र चस्माहरू तथा देशभर खोपको ढुवानी गर्दा तिनलाई प्रयोगयोग्य राख्‍नका निम्ति कोल्ड चेन कायम राख्‍न प्राविधिक सहयोग उपलब्ध गराउन युएसएआईडीले नेपालसँग निकट रही काम गरेको छ । यसले थप खोपहरू प्राप्त गर्नमा नेपालका विकल्पहरू र क्षमताको वृद्धि गर्नेछ ।

“कोभिड महामारीको समयमा नेपाललाई हाम्रो सहयोग जारी राख्दै जीवनरक्षक फाइजर खोपका यी थप ६,६४,५६० मात्रा नेपाललाई प्रदान गर्न पाउँदा अमेरिकालाई खुसी लागेको छ । हामी खुसी छौँ कि १२ देखि १७ वर्षका बालबालिकाका निम्ति मान्यताप्राप्त यी खोपहरू मूलतः बालबालिकाहरूलाई सुरक्षित र स्वस्थ राख्‍न प्रयोग गरिने छन्" युएसएआईडीकी नियोग प्रमुख सेपिडे केभान्शाडले भन्नुभयो ।

महामारीको सुरुवातदेखि नै अमेरिकी सरकारले कोभिड-१९ महामारीसँग लड्न, महत्त्वपूर्ण स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र महामारीका द्वितीयक सामाजिक र आर्थिक प्रभावहरू – विशेषतः शिक्षा र जीविकोपार्जनमा – न्यूनीकरण गर्नमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गरेको छ ।

अमेरिकाले विश्‍वव्यापी रूपमा झन्डै १०० विकासोन्मुख देशहरूलाई १।१ अर्बभन्दा बढी खोपहरू प्रदान गर्ने वाचा गरेको छ र ३३ करोडभन्दा बढी खोपका मात्राहरू वितरण गरिसकेको छ । चार अर्ब डलरको योगदान गरेको अमेरिका विश्‍वव्यापी खोप पहल कोभ्याक्सको सबैभन्दा ठुलो द्विपक्षीय दाता हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कम र निम्‍न मध्यम आय भएका देशहरू र अफ्रिकी सङ्घलाई एक अर्ब फाइजर खोप प्रदान गर्न, विश्वभरका मानिसलाई खोप लगाउन मद्दत गर्न र यस महामारी विरुद्धको लडाइँलाई उच्च शक्ति प्रदान गर्न अमेरिकी सरकारलाई प्रतिबद्ध गरेका छन् । न्यायसङ्गत वितरणका निम्ति कोभ्याक्समार्फत काम गर्दै यस वर्षको अन्त्यसम्ममा २० करोड मात्रा र बाँकी ८० करोड मात्रा २०२२ मा वितरण गरिनेछन् ।