१२ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त



अ+ अ-

काठमाडौँ। सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि रिक्त रहेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा बोर्डमा निमित्त निर्देशक नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दैनिक प्रशासनिक तथा स्वास्थ्य सेवा सञ्चालनलाई सहज बनाउने उद्देश्यले रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र स्वास्थ्य बिमा बोर्डमा निमित्त नेतृत्व तोकेको हो ।

स्वास्थ्यमन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्राडा समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डा नरेन्द्र विक्रम गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राडा विनम्र विष्ट नियुक्त हुनुभएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राडा इन्द्र लिम्बू, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको निमित्त निर्देशकमा सह प्राडा सुरेश रसाइली नियुक्त हुनुभएको मन्त्रालयले जनाएको छ ।

भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पताल क्यान्सर अस्पतालको निमित्त निर्देशकमा डा उमेश नेपाल र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा सहप्रा डा रविन्द्र भक्त तिमला नियुक्त हुनुभएको छ । त्यसैगरी, स्वास्थ्य बिमा बोर्डको निमित्त निर्देशकमा शकुन्तला प्रजापति नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निषा मेहताले यी स्वास्थ्य यी प्रतिष्ठान, अस्पताल र बोर्डका दैनिक कामकाज प्रभावित हुन नदिन अस्थायी रूपमा निमित्त निर्देशक तोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले छिट्टै खुला प्रतिस्पर्धामार्फत नेतृत्व छनोट प्रक्रिया अघि बढाइनेछ ।रासस