२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेल मूल्य घट्दा अमेरिकी शेयर बजारमा सुधार



अ+ अ-

काठमाडाैँ । मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीहरूको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्साह देखिएको हो । अमेरिकाको प्रमुख औद्योगिक शेयर सूचक ६१२ दशमलव ३४ अङ्कले बढेर ४९ हजार ९१० दशमलव ५९ बिन्दुमा पुगेको छ । त्यस्तै, व्यापक बजार सूचक १०५ दशमलव ९० अंकले बढेर ७ हजार ३६५ दशमलव १२ बिन्दुमा बन्द भयो भने प्रविधि केन्द्रित शेयर सूचक ५१२ दशमलव ८१ अंकले उकालो लाग्दै २५ हजार ८३८ दशमलव ९४ बिन्दुमा पुगेको छ ।

११ प्रमुख क्षेत्रमध्ये ९ वटा क्षेत्रमा वृद्धि देखिएको थियो । औद्योगिक र प्रविधि क्षेत्र सबैभन्दा धेरै लाभमा रहेको छ । औद्योगिक क्षेत्र २ दशमलव ६० प्रतिशत र प्रविधि क्षेत्र २ दशमलव ५६ प्रतिशतले बढ्यो । ऊर्जा र सार्वजनिक सेवा क्षेत्र भने क्रमशः ४ दशमलव ०७ प्रतिशत र १ दशमलव ४५ प्रतिशतले घटेका छन् । अमेरिका र इरानबीच मध्यपूर्व युद्ध अन्त्य गर्न समझदारीतर्फ प्रगति भइरहेको समाचार सार्वजनिक भएपछि बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । यसले तेलको मूल्य घटाएको छ भने लगानीकर्ताको विश्वास पनि बढाएको छ ।

यससँगै कम्पनीहरूको अपेक्षाभन्दा राम्रो नाफा विवरणले पनि बजारलाई थप बलियो बनाएको छ । प्रतिवेदन सार्वजनिक गरेका प्रमुख कम्पनीहरूमध्ये करिब ८५ प्रतिशतले अपेक्षाभन्दा बढी नाफा कमाएका छन् भने करिब ७७ प्रतिशत कम्पनीको आम्दानी अनुमानभन्दा राम्रो रहेको जनाइएको छ । प्रविधि क्षेत्रमा चिप निर्माता र उपकरण निर्माता कम्पनीहरूको शेयर उल्लेखनीय रूपमा बढेका छन् ।

त्यस्तै, सवारी सेवा प्रदायक, स्वास्थ्य सेवा कम्पनी र मनोरञ्जन क्षेत्रका कम्पनीहरूको शेयर पनि उल्लेखनीय रूपमा बढेका छन् । औषधि क्षेत्रका केही कम्पनीको शेयर बढ्दा फास्टफुड व्यवसायसँग सम्बन्धित कम्पनीको शेयर भने घटेको छ । अर्धचालक डिजाइन कम्पनीको शेयर आम्दानी प्रतिवेदन सार्वजनिक हुनुअघि १३ दशमलव ६३ प्रतिशतले बढेको थियो । अब लगानीकर्ताहरूले बिहीबार सार्वजनिक हुने रोजगारीसम्बन्धी नयाँ तथ्यांकलाई नजिकबाट हेरिरहेका छन् ।