१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान



अ+ अ-

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका व्यापारीलाई कोरलास्थित व्यापारिक भवनमा निःशुल्क स्थानको व्यवस्था गर्ने भएको छ ।

उक्त काउण्टीले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा एक वर्षका लागि निःशुल्क सटर उपलब्ध गराउन सहमति जनाएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले राससलाई जानकारी दिए ।

नेपाल र चीनबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले भवनका सटर एक वर्षका लागि व्यापारीलाई निःशुल्क उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको तथा दोस्रो वर्षदेखि शुल्क तिर्नुपर्ने व्यवस्था भएको उनले बताए ।

उक्त भवनमा व्यापार गर्न चाहने ४५ जनाले नाम दर्ता गराएका छन् । लोमान्थाङ–२ छोसेरका वडाध्यक्ष कर्मा नाम्ग्याल गुरुङले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको छ । यो वर्ष ५० वटा सटर उपलब्ध हुने वडाध्यक्ष नाम्ग्यालले बताए । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङको दुईपालिकाका लागि औपचारिक रुपमा नाका खुल्ला गरिएको थियो ।

नाका खुलेपछि सीमावर्ती क्षेत्रका स्थानीयले बोर्डर पास लिएका थिए । कोरलानाकामा हाल नेपाल–चीन दशगजा क्षेत्रको नेपाली भूमिमा करिब ७० जनाले त्रिपाल टाँगेर व्यवसाय गर्दै आएका छन् ।