३१ श्रावण २०८३, आईतवार
,
Latest
राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री र बेलायती राजदूतबिच शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबिच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबिचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

मन्त्री मेहताले वर्तमान सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्य योजनाको मार्गचित्रमार्फत सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गर्नु भयो ।

मन्त्री मेहताले खोप तथा प्रतिरक्षणका लागि विश्वव्यापी गठबन्धन, एड्स, क्षयरोग तथा मलेरियाविरुद्धको विश्व कोष र प्रतिजैविक प्रतिरोधविरुद्धको कार्यक्रम जस्ता बहुपक्षीय कार्यक्रममार्फत प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बेलायतसँगको साझेदारी अझ सशक्त र जनमुखी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

भेटका क्रममा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।