२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान केन्द्रमा अस्थायी ‘होल्डिङ सेन्टर’



अ+ अ-

काठमाडाैँ । खानेपानी मन्त्रालय मातहतको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रलाई अस्थायी ‘होल्डिङ सेन्टर’ का रूपमा प्रयोग गरिने भएको छ ।

काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकलाई अस्थायी रूपमा व्यवस्थापन गर्न करिब १०० जना अट्ने क्षमतासहित उक्त केन्द्रलाई आजदेखि होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको हो ।

सहरी विकास मन्त्रालयको अनुरोधअनुसार खानेपानी मन्त्रालयले केन्द्र खाली गराउन निर्देशन दिएको र सोही निर्देशनअनुसार आजदेखि तालिम केन्द्र खाली गरिएको केन्द्रका कार्यकारी निर्देशक एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “विस्थापितमध्ये करिब १०० जनालाई अस्थायी रूपमा राख्नुपर्ने माग आएपछि तालिम केन्द्रका कार्यक्रम स्थगित गरी स्थान खाली गरिएको हो । विस्थापित भएकालाई आजदेखि यहाँ राखिने भनिएको छ ।”