३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी स्थायी कमिटीमा माओवादी केन्द्रका अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेश



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेश गर्नु भएको छ । 

शुक्रबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेश गर्नु भएको हो । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि काठमाडौंमा सुरु हँुदैछ । सोही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले आज बिहान बसेको स्थायी कमिटीमा बैठकमा पेश गर्नु भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनु भयो । 

उहाँले सो प्रतिवेदनमाथि छलफल गर्न अपरान्ह ३ बजेपछि बैठक पुनः बोलाइएको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘पर्सीदेखि सम्मेलन सुरु हुँदैछ, तपाईहरुलाई थाहा छ । अध्यक्ष कमरेडले डकुमेन्ट प्रस्तुत गनु भयो । प्रस्तुत मात्रै भएको छ, बाचन गर्नु भयो । र त्यसमा हामी छलफल गर्ने क्रममा छौं । त्यसका लागि ३ बजे फेरी बैठक बस्दैछ ।’

बैठकले नेकपा (मसाल)सँग विद्रोह गरी बनेको नेकपा मसाल माओवादी केन्द्र र प्रभात चलाउने नेतृत्वको नेकपाको सिंगो टिमसँग पार्टीमा एकीकरण गर्ने निर्णय पनि गरेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।