१२ भाद्र २०८३, शुक्रबार
,
Latest
पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाललाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति



अ+ अ-

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बुधबार सदस्य न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठविदुंर कोइरालाको इजलासले उक्त आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिति २०८३ वैशाख २३ गतेको पत्रमार्फत आरोपितहरूलाई थप म्याद आवश्यक रहेको भन्दै अदालतसमक्ष निवेदन दिएको थियो। विभागका अनुसार हाल ऐन संशोधनपछि सरकारी वकिल तोक्ने, राय प्रतिवेदन तयार गरी पठाउने तथा अभियोजनसम्बन्धी प्रक्रिया अझै बाँकी रहेको छ। साथै, सम्बन्धित कसूरतर्फ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि अनुसन्धान जारी रहेको जनाइएको छ।

अदालतले पेश भएको मिसिल तथा कागजात अध्ययन गर्दा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार संयुक्त अनुसन्धान टोली गठन भई अनुसन्धान अघि बढिरहेको, साथै हालै अध्यादेशमार्फत ऐनका केही व्यवस्थामा संशोधन भई अभियोजन निकाय र अदालतको क्षेत्राधिकारसमेत परिवर्तन भएको अवस्थालाई ध्यान दिएको जनाएको छ।

उक्त आधारमा अदालतले दिपक भट्टको हकमा पाँचौँ पटक र सुलभ अग्रवालको हकमा छैटौँ पटक म्याद थप गर्दै २०८३ वैशाख २३ गतेदेखि लागू हुने गरी १२ दिनको म्याद थप गर्ने आदेश दिएको हो।

यसअघि पनि दुवै आरोपितलाई पटक–पटक म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको थियो।