२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः सुष्मिताले रोहमनसँग ब्रेकअप भएको खुलासा गरिन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सुष्मिता सेनले आफ्नो ब्रेकअपको खबरमाथि प्रतिक्रिया दिएकी छन् । अभिनेत्रीले रोहमन शलसँग ब्रेकअप भएको भन्ने खबरलाई ‘सही’ भन्दै आफूहरु दुईको सम्बन्ध धेरै पहिले सकिएको बताएकी हुन् । 

यद्यपि, रोहमनसँगको प्रेम आजसम्म पनि रहेको उनले बताएकी छन् । उनले इन्स्टाग्राममा आफ्नो र रोहमनको सेल्फि तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, मित्रताबाट हाम्रो सम्बन्ध सुरु भयो । हामी साथी बनिरह्यौं, सम्बन्ध धेरै पहिले सकिएको थियो, माया बाँकी छ । 

रोहमन र सुष्मिताको भेट सामाजिक सञ्जालमा भएको थियो । रोहमनले इन्स्टामा अभिनेत्रीलाई पहिले म्यासेज गरेका थिए । त्यसपछि दुईको भेट एक फेसन शोमा भएको थियो । रोहमनसँगको पहिलो भेटमा नै सुष्मिता उनीसँग नजिकिएकी थिइन् । 

रोहमनसँग भन्दा पहिले सुष्मिताको विक्रम भट्ट, वसीम अकरम, रणदीप हुडा, रितिक भसीन, मुदस्सज अजीजसँग प्रेम सम्बन्ध रहेको थियो ।