१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दिने र माग्ने परम्पराबाट विकास हुदैन’



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिने र माग्ने परम्पराबाट विकास सम्भव नहुने बताउनुभएको छ ।

रिपोर्टस क्लब कर्णाली प्रदेशको पहिलो अधिवेशनको आज वीरेन्द्रनगर सुर्खेतमा उद्घाटन गर्दै उहाँले आवश्यकता र प्राथमिकताका आधारमा हुने विकासले मात्र मुलुक समृद्धिको दिशातर्फ अघि बढ्ने बताउनुभयो । सत्तामा रहनेले बजेट बाँड्ने र सडकमा रहनेले माग्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णाली आफैँमा अत्यन्तै सुन्दर प्रदेश हो । केहीले भन्छन्, कर्णाली सुनको डल्ला हो त कसैले भन्छन्, उत्कृष्ट भूमि हो । यही सुनको डल्लो हो होइन भन्ने वास्तविक कुराको प्रमाणित गर्ने जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ ।” त्यसका साथै कर्णालीमा थुप्रै समस्या भएको जनाउँदै उहाँले यसको विकासका लागि पत्रकारले स्वच्छ सिपाहीको भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो ।

“कर्णाली नबन्नुका कारण अरुलाई दोषी देख्नुहुँदैन”, उहाँले भन्नुभयो, “अब आत्मसमीक्षा गर्न जरुरी छ । हामी कमजोर छैनौँ, गरेर देखाउन सक्छौँ । यसका लागि हामीमा साझा चिन्तनका साथ अघि बढ्ने एकीकृत सोचको विकास हुनुपर्छ ।” भाषा, संस्कृति र सभ्यताको विराट इतिहास बोेकेको कर्णाली प्रदेशका सम्भावना र चुनौतीलाई अवसरमा बदल्न सर्वाङ्गीण पक्ष एक हुनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले मुलुकको दिगो विकासको आधार निर्माण गर्नु प्रमुख दायित्व रहेको उल्लेख गर्दै प्राथमिकताका क्षेत्रलाई पहिचान गर्ने र त्यसका आधारमा विकास गर्ने पद्धति लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग उपलब्ध साधन स्रोतको एकीकृत व्यवस्थापनगरी आजको प्रमुख समस्या समाधान गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।” वितरण संस्कृतिले उल्लेख्य प्रगति नआउने उहाँको जिकिर थियो ।