२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि



अ+ अ-

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्मण पुष्टि गरेको क्रूज जहाज अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।

जना महिला यात्रीमा पछिल्लो सङ्क्रमण पुष्टि भएको जनाउदै उहाँले सङ्कमित महिलाको अप्रिल– २७ मा मृत्यु भइ सकेको उल्लेख गर्नु भएको छ ।

एक दम्पती र एक जना जर्मन नागरिकका साथै दुई चालक दलका सदस्य बिरामी परे पछि सङ्मणको आशङ्कामा उनीहरु सहित करिब १५० जना यात्रुहरु जहाजमै रहेको जनाइएको छ ।

हालै पुष्टि भएको हान्टाभाइरस सङ्क्रमीत यात्री बेलायती नागरिक रहेको र हाल जहाजबाट निकाली दक्षिण अफ्रिकाको जोहानेसबर्गमा स्वास्थ्य उपचार भइरहेको जनाइएको छ ।

जहाजमा रहेका दुई जना चालक दलका सदस्यहरूमा तीव्र श्वासप्रश्वास लगायतका लक्षणहरू देखा परेकाले दुवैलाई तत्काल चिकित्सा सेवा आवाश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । हाल सङ्क्रणको लक्षण भएका अन्य व्यक्तिहरू पहिचानका लागि स्वास्थ्य परिक्षण गरिरहेको बताइएको छ ।

हान्ता भाइरसहरू एउटा भाइरसहरूको समूह हो जसले मानिसहरूमा गम्भीर रोग निम्त्याउन सक्ने विश्व स्वास्थ्य सङठनले जनाएको छ । सङ्क्रमण सामान्यतया संक्रमितहरूको पिसाब, तथा थुकको सम्पर्कबाट एक मानव–देखि अर्को मानवमा सर्ने जनाइएको छ ।