१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

‘करियर-एन्ड्रिया गणित पुरस्कार’ स्थापना, गणितमा उच्च अंक ल्याउने छात्रालाई नगद पुरस्कार

‘करियर-एन्ड्रिया गणित पुरस्कार’ स्थापना, गणितमा उच्च अंक ल्याउने छात्रालाई नगद पुरस्कार
अ अ+ अ-

काठमाडौं । विद्यालय तहको गणित विषयमा उच्च अंक ल्याउने छात्रालाई प्रोत्साहन गर्ने उद्धेश्यले संभवत नेपालमै पहिलोपटक ‘करियर-एन्ड्रिया गणित पुरस्कार’ स्थापना गरिएको छ । पेप्सीकोला, टाउनप्लानिङ्ग स्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी (करियर स्कुल) मा ५ देखि ८ कक्षासम्म पढ्ने विद्यार्थीमध्ये ‘छात्राहरु’ लाई प्रोत्साहन गर्ने उद्धेश्यले नगदसहितको सो पुरस्कार कोष स्थापना गरिएको हो ।

गणित विषयमा बढी अंक ल्याउने छात्राहरुलाई कलेज र विश्वविद्यालयमा इन्जिनियरिङ्ग लगायत अन्य प्राविधिक विषय पढ्न सजिलो होस भनेर विद्यालयस्तरदेखि नै गणित विषयप्रति विद्यार्थीको मिहेनत गर्ने बानी बढाउन सो पुरस्कार कोष स्थापना गरिएको हो । तथ्यांक अनुसार अधिकाँश छात्रहरुले मात्र गणित विषयमा उच्च अंक हासिल गरेको पाइएको छ । गणित विषयमा उच्च अंक ल्याउने ५ देखि ८ कक्षाका उत्कृष्ट चार विद्यार्थीलाई पुरस्कृत गर्ने गरि स्थापित पुरस्कारको राशी प्रति विद्यार्थी एकहजार नगद र प्रमाणपत्र रहेको छ ।

‘समान अंक ल्याउने छात्राहरुको संख्या बढी भएमा सो एकहजार रुपैयाँ दामासाहीमा पाउने’ व्यवस्था मिलाइएको प्रिन्सिपल हेम राईले बताए । भोलुन्टर सोसाइटी नेपाल (भिएसएन) संस्था मार्फत हेलम्बु र चितवन पदयात्राको लागि आएकी अमेरिकी औद्योगिक इन्जिनियर (इण्डस्ट्रियल इन्जिनियर) एन्ड्रिया केनिस्टनको पहलमा करियर स्कुलमा सो पुरस्कार कोष स्थापना गरिएको हो । ‘संभवत यसप्रकारको पुरस्कार कोष नेपालमै पहिलोपटक स्थापना गरिएको हो कि ?’ करियर स्कुलका संस्थापक अध्यक्ष तेज श्रेष्ठले भने, ‘यसलाई पछिसम्म निरन्तरता दिन कोषमा हामी (विद्यालयले) पनि रकम थप्दैछौं ।’

सो विद्यालयमा ५ देखि ८ कक्षासम्म पढीरहेका छात्राहरुले गणित विषयमा ल्याएको मासिक परीक्षाफल (उच्च अंक) को आधारमा उनीहरुलाई पुरस्कृत गरिने नियम अनुसार समान अंक ल्याउने छात्रालाई पहिलोपल्ट नगदसहित पुरस्कृत गरिएको छ । हरेक महिना ती चारवटा कक्षाका चारजना छात्रालाई जनही एक/एक हजारका दरले पुरस्कृत गर्ने गरि स्थापित ‘करियर एन्ड्रिया गणित पुरस्कार’ को लागि इन्जिनियर एन्ड्रियाले विद्यालयको उक्त कोषमा हाल १२ हजार नगद प्रदान गरेकोमा पहिलोपल्ट ती चारवटा कक्षाका समान अंक ल्याएका ११ जना उत्कृष्ट छात्रालाई दामासाहीमा ४ हजार नगद पुरस्कार प्रदान गरिएको हो ।

विद्यालयका प्रिन्सिपल हेम राई, एकेडेमिक कोअर्डिनेटर दिपेन्द्र श्रेष्ठ तथा पुरस्कार कोषकी संस्थापक इन्जिनियर एण्ड्रियाले गणितमा उच्च अंक ल्याएका छात्राहरुलाई नगद र प्रमाणपत्र वितरण गरे । पुरस्कृत विद्यार्थीहरुमा कक्षा ५ बाट अधिरा थापा, प्रिन्स्का थापा, सारा पोखरेल र अस्मिता श्रेष्ठ तथा कक्षा ६ बाट साल्मो तामाङ्ग, सुनि तामाङ्ग, निर्जला बानिँया र स्मृति श्रेष्ठले जनही २५० को दरमा नगद पाए भने कक्षा ७ की रोजिका श्रेष्ठले एकहजार तथा कक्षा ८ बाट निशा ओली र वर्षा चौलागाईले जनही ५ सयका दरले पुरस्कार पाएका थिए ।

कक्षा ५ र ६ बाट पहिलोपल्ट ४/४ जनाले, कक्षा ७ बाट एकजना र कक्षा ८ बाट दुईजना गरि ११ जनाले नगद पुरस्कार पाएा हुन । ‘नेपालमा मात्रै नभई अमेरिकामा समेत गणित विषयमा बढी अंक ल्याउने छात्राको संख्या कम हुने गरेकोले गणित विषयप्रति चासो बढाउन र थप मिहेनत गर्न प्ररित गर्ने उद्धेश्यले यो पुरस्कारले पक्कै पनि सहयोग पुरयाँउछ’ इन्जियिर एन्ड्रियाले भनीन् ।विद्यालयस्तरको गणित विषयमा कम अंक आएकै कारण विद्यार्थीले कलेज र विश्वविद्यालयमा इन्जिनियरिङ्ग र अन्य प्राविधिक विषय पढ्न नपाएकोले विद्यालयस्तरदेखि नै गणित विषयमा विद्यार्थीको चासो र मिहेनत बढाउन पुरस्कारले सघाउने उनको धारणा थियो ।

इन्जियिर एन्ड्रियाले सो विद्यालयमा गणित पुरस्कार कोष स्थापना गर्न पहल गरेको देखेर भिएसएन संस्था मार्फत नेपाल घुम्न आएकी अर्की अमेरिकी स्वयमसेवक शिक्षिका जुली नर्थक्राफ्ट न्युवेले पनि १ देखि ४ कक्षासम्मका विद्यार्थीको लागि सो कोषमा रकम थप्ने बताएकी छिन् । पुरस्कार कोषकी संस्थापक इन्जियिर एन्ड्रिया केनिस्टन र कोषमा रकम थप्न वचन दिने अर्की अमेरिकी स्वयमसेवक शिक्षिका जुली नर्थक्राफ्ट न्युवेको सम्मानमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।