८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको माग



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि निष्पक्ष र न्यायोचित रूपमा छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा प्रदेश सुशासन केन्द्र जावलाखेलमा आज बसेको प्रदेश संसदीय दलको बैठकले सम्पत्ति शुद्धीकरणका विषयमा निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग, भौगोलिकताको अवस्थालाई आधार बनाएर छनोट गर्ने निर्णय भएको प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।ु