३० भाद्र २०८३, मंगलवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित



अ+ अ-

काठमाडाैँ । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन् । संघको ३० औं कार्यकारिणीका लागि भएको निर्वाचनमा डा.अध्यक्ष निर्वाचित भएका हुन् ।

डा.रिजालले आफ्ना नजिकका प्रतिस्पर्धी डा.मंगल रावल भन्दा २५६ बढी मत प्राप्त गरे । रिजालले ३१९६ मत पाउँदा डा. रावलले २९४० मत पाए । अध्यक्षका अर्काे प्रतिस्पर्धी डा.नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे ।

लामो समयदेखि संघभित्र विभिन्न जिम्मेवारीपूर्ण पदमा सक्रिय रहँदै आएका रिजालले नेतृत्व, अनुभव र समर्पणका आधारमा चिकित्सकहरूको विश्वास प्राप्त गरेका हुन् ।

नव–निर्वाचित अध्यक्ष डा. रिजालप्रति आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने, स्वास्थ्य प्रणालीलाई अझ सुदृढ बनाउने तथा चिकित्सकहरूको पेशागत अधिकार र हित संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरिएको छ ।