९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँले ढाकिएको तिलिचो ताल-फोटो फिचर



अ+ अ-

मनाङ । हिमालपारिको जिल्ला मनाङ जिल्ला मा समुद्री सतहबाट ४,९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल अझै पनि हिउँले ढाकिएको अवस्थामा रहेको छ।

विश्वकै उच्च स्थानमा पर्ने तालहरूमध्ये एक मानिने तिलिचो तालमा यस मौसममा सीमित संख्यामा आन्तरिक पर्यटक अवलोकनका लागि पुगेका छन्।

स्थानीयका अनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्ष विदेशी पर्यटकको आगमन भने उल्लेखनीय रूपमा घटेको छ। मौसमीय अवस्थाका कारण आवागमनमा कठिनाइ हुनुका साथै अन्तर्राष्ट्रिय पर्यटकको संख्या घट्दा स्थानीय पर्यटन व्यवसायमा समेत प्रभाव परेको बताइएको छ।

यद्यपि, आन्तरिक पर्यटकको उपस्थितिले केही चहलपहल देखिए पनि अपेक्षाअनुसारको पर्यटक आगमन हुन नसकेको स्थानीय व्यवसायीहरूको भनाइ छ।

तस्बिरः हरि परियार/रासस