८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषकले जैविक प्रविधि सिकेपछि विषादी प्रयोगमा कमी



अ+ अ-

बनेपा । पाँचखाल नगरपालिकाले कृषकलाई जैविक विषादी तथा जैविक मल बनाउने प्रविधि सिकाएपछि विषादीको प्रयोगमा कमी आउन थालेको छ ।
नगरपालिकाले प्रशिक्षक कृषक उत्पादन गर्ने समेत उद्देश्यले ‘लभ ग्रिन नेपाल’को सहकार्यमा ६०० कृषकलाई एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपीएम) कक्षा सञ्चालन गरी उक्त प्रविधि सिकाइको हो । नगरप्रमुख महेश खरेलले ‘पाँचखाल नगर, कृषि नगर’ भन्ने उद्देश्यअनुरुप कृषिमा थप परिवर्तन ल्याउन यस्तो योजना ल्याइएको जनाउँदै उहाँले माटो परीक्षण गरी सुधार गर्न प्रदेश नं ३ सरकारबाट प्राप्त माटो परीक्षण ल्याव सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

“अब प्रत्येक वडामा मोबाइल माटो परीक्षण गर्ने योजनामा छौँ”, नगरप्रमुख खरेलले भन्नुभयो । माटो सुधारका लागि कृषकलाई सहुलियत मूल्यमा प्रारम्भिक चरणमा एक लाख किलो चुन वितरण गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसबाट पाँचखालको उत्पादन क्षेत्रको माटोलाई पहिलेकै अवस्थामा ल्याइनेछ, क्षेत्र र माटोको अवस्था हेरी अग्र्यानिक खानयोग्य तरकारी उत्पादन गर्न कृषकलाई प्रेरित गरिनेछ ।”

पाँचखालको तरकारी खेतीलाई प्रवद्र्धन गर्न १० लाख लिटर क्षमताको ‘रिचार्ज’ पोखरी निर्माण गरिएको छ भने तरकारी उत्पादनमा असर पु¥याएको प्लाइ उद्योगलाई बन्द गराई इँटा उद्योगलाई वातावरणमैत्री बनाउन पत्राचार गरिएको छ । “तरकारीमा विषादी न्यूनीकरण गर्न तथा कम लागतमा तरकारी उत्पादन गर्न आइपीएम पाठशालाले थप मद्दत गर्ने अपेक्षासमेत गरेका छौँ”, नगरप्रमुख खरेलले भन्नुभयो ।

यसैगरी, पाँचखाल क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । विद्यार्थीलाई अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य तथा कृषि तथा वातावरणमा पर्ने असरबारे गत भदौ दोस्रो साताबाट सचेतना गराउँदै आइएको हो ।
नगरको सहकार्र्यमा पाँचखाल क्षेत्रका विद्यालयका ९ र १० कक्षाका विद्यार्थीलाई कक्षामै विषादीको अनाधिकृत प्रयोगले मानव स्वास्थ्य तथा कृषि पर्यावरण प्रणालीमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट जानकारी गराउँदै आइएको लभ ग्रिन नेपालमा कार्यकारी निर्देशक नारायण ज्ञवालीले बताउनुभयो ।

सरकारी तथा निजीस्तरबाट सञ्चालित विभिन्न सेचतना कार्यक्रमले पाँचखालमा विषादी प्रयोग कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । पाँचखाल क्षेत्रमा उत्पादित विभिन्न थरिका तरकारीमा विषादीको अवशेषको मात्र परीक्षण गर्दा खानयोग्य भन्दा पनि कम इमिसन रेट भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३५ देखि ४५ इमिसन रेटसम्म भएका तरकारी खानयोग्य हो भने पाँचखाल क्षेत्रमा हाल १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेका छन् ।