८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल कलेज भन्यो : पेस्तोल भेटिएको घटनाको अनुसन्धान होस्



अ+ अ-

चितवन । कलेज प्रशासनले चितवन मेडिकल कलेजको होस्टलभित्र भेटिएको पेस्तोल र गोलीबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । घटनाका सम्वन्धमा आरोप प्रत्यारोप नगरी निष्पक्ष छानविनमा सहयोग गर्न कलेज प्रशासनले अपिल गरेको छ ।

प्रहरीले शनिबार दिउँसो कलेजको छात्रावास नजिकको खेल मैदानमा नीलो झोलामा ‘मेड इन युएसए’ लेखिएको १११७ पेस्तोल एक थान, म्यागजिन एक थान, गोली दुई थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान लगायतका सामाग्री भेटेको थियो ।

कलेजले उठाएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै निकै लामो समयदेखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आइतबार प्रर्दशन गर्ने तयारी गरेको अघिल्लो दिन हतियार भेटिएको थियो ।

कलेज प्रशासनले आइतबार विज्ञप्ति जारी गरी घटनामा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन अनुरोध गरेको छ ।