१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी र अभिभावक चितवनको सडकमा, मन्त्रालयको समय भोली सकिदै



अ+ अ-

चितवन । चितवन मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभगरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा बृहत् प्रदर्शन गरिएको छ। आईतबार विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा चितवनमा प्रदर्शन गरिएको हो।

चितवनको चौबिसकोठीबाट निस्केको जुलुसमा विद्यार्थीको नेतृत्व चिकित्सा शिक्षा संघर्ष समितिले गरेको छ। अभिभावक र नागरिक स्वस्स्फूर्त जुलुसमा सहभागी भएका छन्। शिक्षा मन्त्रालयले १५ दिनभित्र बढी उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न १५ दिनको समय सोमबार सकिँदैछ।

शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानुनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारबाही गर्ने भनेपनि अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेका छैनन्। सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार तोक्दापनि मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्।

होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजहरूले जथाभावी शुल्क उठाइरहेको विद्यार्थीको गुनासो छ।