२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशले नेपाललाई दियो २९८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत टेस्ट राष्ट्र बंगालदेशले नेपालसामु २ सय ९८ रनको विजयी लक्ष्य दिएको छ ।

दुबईको सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ९७ रन बनायो ।

बंगलादेशका लागि प्रान्तिक नबिलले अविजित रहदै १ सय २७ रनको शतकीय इनिङ्स खेले ।

रिटायर्ड हर्ट भएका मोहमद फाहिमले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा एच मोल्लहले २२ रन बनाए ।

यस्तै, मेहरुब हसन र इफ्ताकर होसेनले २१/२१ रनको योगदानी दिए भने महफिजुल इस्लामले १७ रन जोडे ।

नेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १/१ विकेट लिए ।