१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा चुनावी प्रचार : बालुवाटारको लालपुर्जामा बिष्णु पौडेलको फोटो



अ+ अ-

कास्की । समाजवादी पार्टी नेपालले आइतबार पोखरामा बालुवाटार जग्गा प्रकरणमा मुछिएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलको फोटो भएको प्लेकार्ड बोकेका छन्। र्यालीसहितको चुनावी सभामा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी भएका थिए ।

उनीहरूले ‘सरकारी जग्गा कब्जा बन्द गर, भ्रष्टाचार बन्द गर’ नारा लगाएका थिए । उनिहरुले वाइडवडी खरिद प्रकरणमा पनि भ्रष्टाचार हुँदा सरकारले छानबिन नगरेको भन्दै जहाजको प्रतिमुर्ति बनाएर प्रदर्शन गरेका हुन्। समाजवादीले धर्मराज गुरूङलाई कास्की २ मा उम्मेदवार बनाएको छ।

आउने शनिबार त्यहाँ प्रतिनिधि सभा सांसदका लागि उपनिर्वाचन हुँदैछ।