३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेका जेसीबी र ट्याक्टर नियन्त्रणमा



अ+ अ-

काठमाडाैँ । अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार भइरहेको सूचनाका आधारमा स्याङ्जाका विभिन्न स्थानमा प्रहरीले गरेको कारबाहीका क्रममा ट्याक्टर तथा जेसीबी नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार प्राप्त सूचनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका प्रहरी चौकीबाट खटिएको टोलीले स्याङ्जाको बिरुवा गाउँपालिका–६ लामाखेतस्थित बिरुवा चिन्नेवास सडक खण्डमा सडकको छेउबाट रोडा (गिट्टी/बालुवा मिश्रण) उत्खनन् गरी ट्याक्टरमार्फत ओसारपसार भइरहेको अवस्थामा एक जेसीबीसहित पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्याक्टरहरूको नम्बर बा.प्र.०१–००३ क. ८१०२, ग.१ त. ७१५२, ग.१ त. ७३८२, ग.१ त. ४८१३ र ग.१ त. ६७९२ रहेका छन् ।

यस्तै, भिरकोट नगरपालिका–४ ओडारे क्षेत्रमा आँधिखोला किनारबाट ढुंगा उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा ग.१ त. ४९४१ र ग.१ त. ६६०५ नम्बरका दुई ट्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन र उपकरणलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ ।

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ढुवानी गर्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी तथा कारबाहीलाई थप कडाइ गर्ने जनाएको छ ।