५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार



अ+ अ-

काठमाडाैँ । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । आज धाउने बगरस्थित सानीभेरी नदी किनारामा सामूहिक दाहसंस्कार गरिएको हो ।

दुर्घटनामा परी मृत्यु हुने सिस्ने गाउँपालिका–६ टाकुराकी २८ वर्षीया युवा बुढाथोकी, उहाँका छोरा १० वर्षीय दिव्यान बुढाथोकी, ५३ वर्षीया सासुआमा तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४० वर्षीया कान्छी सासुआमा ओमकुमारी बुढाथोकी, ओमकुमारीका १३ वर्षीय छोरा सुदीप बुढाथोकीको दाहसंस्कार गरिएको हो ।

युवाका श्रीमान् दीपक बुढाथोकी अमेरिकाबाट घर पुगेछि आज अन्त्येष्टि गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए।

पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने पूजामा सहभागी हुन रुकुम पूर्वको रुकुमकोटबाट बुढाथोकी परिवारका सदस्य पूजाआजा गर्न त्यसतर्फ गएका थिए, तर जलजला नपुग्दै गाडी दुर्घटना परेको हो । दुर्घटनामा परी २० जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । मृत्यकमध्ये १४ जनाको गत शनिबार नै दाहसंस्कार गरिएको थियो ।




भर्खरै