२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङद्वारा थापाथलीको सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण गरेका छन् ।
सोमवार साम्पाङ नेतृत्वको टोलीले उक्त क्षेत्रको भ्रमण गरी त्यहाँको विद्यमान अवस्था, बस्ती व्यवस्थापन, पुनर्वास र क्षतिपूर्तिका विषयमा जानकारी लिएको हो ।

सरकारले केही समयअघि थापाथली क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाएपछि सिर्जित समस्या र विस्थापितहरूको अवस्था बुझ्न साम्पाङ त्यहाँ पुग्नुभएको हो । निरीक्षणका क्रममा उनले सरकारी कारबाहीबाट प्रभावित भएका स्थानीयहरूसँग संवाद गर्दै उनीहरूको पुनर्वास र उचित व्यवस्थापनको आवश्यकताका बारेमा चासो व्यक्त गरे।

अनधिकृत संरचना भत्काइएपछि सो क्षेत्रका बासिन्दाहरूले आवास र क्षतिपूर्तिको माग गर्दै आएका छन् । सोही सन्दर्भमा साम्पाङको टोलीले बस्तीको वस्तुस्थिति अध्ययन गरेको र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि कस्तो कदम चाल्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

निरीक्षणका क्रममा अध्यक्ष साम्पाङले विकास र व्यवस्थापनका नाममा नागरिकलाई उठिबास लगाउँदा उनीहरूको उचित विकल्प र मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो । सरकारले नदी किनारका अतिक्रमण हटाउने अभियानलाई तिब्रता दिइरहेका बेला श्रम संस्कृति पार्टीको यो निरीक्षणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।