२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाहीद्वारा नेकपाका जिल्ला प्रमुखहरुसँग सुझाव सङ्कलन



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला प्रमुखहरुसँग सुझाव सङ्कलन गरेका छन् । कर्णाली प्रदेशअन्तर्गत नेकपाका १० वटै जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुबाट उनले सुझाव लिएका हुन् । मुख्यमन्त्री शाहीले प्रदेश सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र प्रभावकारी सञ्चालनका सन्दर्भमा प्रदेश राजधानी सुर्खेतमा दुई दिनसम्म अन्तक्र्रिया गरेका थिए।

अन्तक्र्रियाका क्रममा उनले सरकारको सफलताका लागि पार्टी र सरकारबीच आपसी समन्वय तथा सहयोग आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए । पार्टी एकतापछि पहिलोपटक भएको सो अन्तक्र्रिया कार्यक्रमको पहिलो दिन जिल्ला अध्यक्ष तथा सचिवले सुझाव दिएका थिए । दोस्रो दिन जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जले सरकारले सम्बोधन गर्नुपर्ने विषय, सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र समाधानका विषयमा सुझाव दिएका थिए ।

रुकुम पश्चिमका इञ्चार्ज राजकुमार शर्माले पार्टी र सरकार दुवैले जनदिशा भुल्न नहुने, टोली समूहमा काम गर्नुपर्ने, सरकार सञ्चालनमा कुशलता देखाउनुपर्ने लगायत सुझाव दिइएको बताए । “पार्टी र सरकारको नेतृत्वबीचको बुझाइमा एकरुपता कायम हुन आवश्यक छ”, उनले भने, “अन्तक्र्रियाले सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने छ ।” नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले नेकपाको नेतृत्वमा गठित सरकार असफल हुँदा समग्र कम्युनिष्ट आन्दोलनप्रति नै जनताको वितृष्णा बढने बताए ।

जनमुखी कामका लागि सरकारलाई रचनात्मक सहयोग गर्न मुख्यमन्त्री शाहीले जिल्ला नेताहरुसँग गरेको अन्तक्र्रियाले पार्टी र सरकार दुवैलाई मद्दत पुग्नुका साथै जनतामा राम्रो सन्देश पुग्ने उनको भनाइ थियो । अन्तक्र्रियामा सहभागी नेकपा रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्माले सरकार र पार्टीका सबै तहका अङ्गलाई जनताको आधारभूत जीवनमा प्रभाव पर्ने कार्यक्रम अगाडि बढाउन सुझाव दिइएको बताए । उनले अन्तक्र्रियाबाट पार्टी र सरकार दुवैको दृष्टिकोण समाजवाद निर्माणको दिशामा परिचालन गर्ने निष्कर्ष निकालिएको उल्लेख गरे ।