८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाहीद्वारा नेकपाका जिल्ला प्रमुखहरुसँग सुझाव सङ्कलन



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला प्रमुखहरुसँग सुझाव सङ्कलन गरेका छन् । कर्णाली प्रदेशअन्तर्गत नेकपाका १० वटै जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुबाट उनले सुझाव लिएका हुन् । मुख्यमन्त्री शाहीले प्रदेश सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र प्रभावकारी सञ्चालनका सन्दर्भमा प्रदेश राजधानी सुर्खेतमा दुई दिनसम्म अन्तक्र्रिया गरेका थिए।

अन्तक्र्रियाका क्रममा उनले सरकारको सफलताका लागि पार्टी र सरकारबीच आपसी समन्वय तथा सहयोग आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए । पार्टी एकतापछि पहिलोपटक भएको सो अन्तक्र्रिया कार्यक्रमको पहिलो दिन जिल्ला अध्यक्ष तथा सचिवले सुझाव दिएका थिए । दोस्रो दिन जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जले सरकारले सम्बोधन गर्नुपर्ने विषय, सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र समाधानका विषयमा सुझाव दिएका थिए ।

रुकुम पश्चिमका इञ्चार्ज राजकुमार शर्माले पार्टी र सरकार दुवैले जनदिशा भुल्न नहुने, टोली समूहमा काम गर्नुपर्ने, सरकार सञ्चालनमा कुशलता देखाउनुपर्ने लगायत सुझाव दिइएको बताए । “पार्टी र सरकारको नेतृत्वबीचको बुझाइमा एकरुपता कायम हुन आवश्यक छ”, उनले भने, “अन्तक्र्रियाले सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने छ ।” नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले नेकपाको नेतृत्वमा गठित सरकार असफल हुँदा समग्र कम्युनिष्ट आन्दोलनप्रति नै जनताको वितृष्णा बढने बताए ।

जनमुखी कामका लागि सरकारलाई रचनात्मक सहयोग गर्न मुख्यमन्त्री शाहीले जिल्ला नेताहरुसँग गरेको अन्तक्र्रियाले पार्टी र सरकार दुवैलाई मद्दत पुग्नुका साथै जनतामा राम्रो सन्देश पुग्ने उनको भनाइ थियो । अन्तक्र्रियामा सहभागी नेकपा रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्माले सरकार र पार्टीका सबै तहका अङ्गलाई जनताको आधारभूत जीवनमा प्रभाव पर्ने कार्यक्रम अगाडि बढाउन सुझाव दिइएको बताए । उनले अन्तक्र्रियाबाट पार्टी र सरकार दुवैको दृष्टिकोण समाजवाद निर्माणको दिशामा परिचालन गर्ने निष्कर्ष निकालिएको उल्लेख गरे ।