८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूँजी बजारमा अनलाइन प्रयोग



अ+ अ-

बुटवल । बुटवल क्षेत्रका लगानीकर्तालाई पूँजी बजारमा अनलाइनको प्रयोग गर्ने विषयमा जानकारी दिइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार बुटवलमा लगानीकर्तासँग अन्तरक्रिया गर्दै अनलाइनको प्रयोगले पूँजी बजारमा देखिने विभिन्न समस्याको समाधान हुने दाबी गरेको छ ।

नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पूँजी बजार माग र आपूर्तिको सम्बन्धको आधार भएको उल्लेख गर्दै यसलाई कस्तो बनाउने भन्ने विषय लगानीकर्ताको हातमा हुन्छ भन्नुभयो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपालमा पूँजी बजारको दायरा सानो भएकाल यसको भविष्य रहेको रहेको बताउनुभयो । उहाँले शेयर बजार केही महिनामा नै प्रतिफल दिने नगदे बाली नभएको दाबी गर्दै अहिले नयाँ लगानीकर्ताका लागि क्षमताअनुसार लगानी गर्ने सुवर्ण अवसर हो भन्नुभयो ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी प्रमुख निरज गिरीले शेयर बजारमा संस्थागत लगानीकर्ता नभएकाले बजारमा समस्या देखिएको बताउनुभयो । बैंकलाई ब्रोकर लाइसेन्स दिएर बजारलाई प्रतिस्पर्धी बनाउन खोजिएको उहाँको भनाइ थियो । उहाँले अनलाइन प्रणालीमा गएपछि ब्रोकरसँगको समस्या नआउने धारणा राख्नुभयो । शेयर बजारका लगानीकर्ताले कम्पनीको अध्ययन गरेर मात्रै पूँजी बजारमा प्रवेश गर्न आग्रह उहाँले गर्नुभयो । लगानीकर्ता हेमलाल भट्टराईले नेप्सेको नेतृत्वको कमजोरीले पूँजी बजार घट्दै गएको आरोप लगाउनुभयो ।

नेपालमा अहिलेसम्म १६ हजार ५३४ जनाले शेयर बजारमा अनलाइन प्रणालीको प्रयोग गरेका छन् भने प्रदेश नं ५ मा करिब एक हजारले यसको प्रयोग गरेको बताइएको छ ।