१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकीको झोलुङ्गे पुल जीर्ण



अ+ अ-

बेझाड । रामपुर चापाकोट जोड्ने कालीगण्डकीको सोहरा प्याक्लुक झोलुङ्गे पुल जीर्ण बनेको छ । पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–८ मा रहेको यो पुल जीर्ण बन्दै गएपछि यात्रुले जोखिम सहेरै नदी वारपार गर्नुपरेको छ ।

विशेषगरी मोटरसाइकल तथा स्कुटरमा यात्रा गर्नेका लागि यो पुल बढी जोखिममा छ । विसं २०४७ मा निर्माण भएको यस पुलले कालीगण्डकी वारिपारिका पाल्पा र स्याङ्जाका स्थानीयलाई आवतजावतमा सुविधा पुगेको थियो । तत्कालीन समयमा यहाँ पुल निर्माण नहुँदा धेरै समय खर्चिएर वारपार गर्न कालीगण्डकीको केलादीघाट र आधिघाँटको पुल तर्नुपर्ने बाध्यता थियो

यहाँ पुल बनेपछि पाल्पा र स्याङ्जा लगायतका विभिन्न स्थानमा आवतजावत गर्न सजिलो परेको छ । तर पुल मर्मत सम्भारमा ध्यान नदिँदा अहिले यो पुल जीर्ण बनेको छ । पुलका सबैजसो संरचनाहरु जीर्ण अवस्थामा छ । कालीगण्डकी वारिपारिका विभिन्न स्थानमा लाग्ने मेला, महोत्सव, सभा समारोह, विभिन्न चाडपर्वका अवसरमा प्रहरीको निगरानीमा यात्रुलाई वारपार गराउँदै आइरहेको छ । हाल दैनिक ४०० जतिले यही पुल भएर वारपार गर्ने गर्छन् ।

रामपुर नगरपालिकाभित्र पर्ने कालीगण्डकीका विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण भएपनि धेरै यात्रुले आवतजावत गर्ने यही पुल हो । यो पुल रामपुर र चापाकोट जोड्ने मुख्य नाकाका रुपमा रहेको छ । पुलको लठ्ठा, पिल्लर, बारहरु जीर्ण बन्दै जादा यसले मुख्य भाग नै छाडिसकेको हुँदा कतिबेला के हुने हो वारपार गर्नै जोखिम बढेको रामपुरका सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।

“यहाँ पुल नहुँदा पाँच मिनेट लाग्ने ठाउँमा पुग्न एक दिनको समय बिताएर आँधिघाट तथा केलादीघाटको पुलबाट यात्रा गर्नुपथ्र्यो, पुल बनेपछि नदी वारिपारिका स्थानीयको एकाएक दैनिकी नै बदलियो”, देवकोटाले भन्नुभयो । पुल बन्यो तर मर्मत सम्भारमा चासो कसैले नदिँदा अहिले कतिबेला भत्कन्छ भन्ने यात्रु तथा स्थानीयले चिन्ता गरिरहेका छन् । यही पुलका कारण कालीगण्डकी वारिपारि बस्ने स्थानीयको सम्बन्ध बढायो । वारिपारि व्यापार व्यवसाय गर्न, विभिन्न रोजगारीमा आउन जान, यात्रा गर्न यो पुल मेरुदण्ड बनेको चापाकोटका स्थानीय सागर अर्याल बताउनुहुन्छ ।

“यो पुलबाट यात्रा नगरिकन जीविका चलाउन समस्या छ, ज्यानको बाजी नै राखेर जीर्ण पुलबाट यात्रा गर्नुपरेको छ, कतिबेला दुर्घटना हुने हो, सम्बन्धित निकायले यसतर्फ चासो दिनुप¥यो”, उहाँले भन्नुभयो । अहिले कालीगण्डकीका अन्य स्थानमा पुल निर्माण भए पनि धेरै यात्रुले प्रयोग गर्ने यही पुल हो । पुलले रामपुर चापाकोटको विकासमा ठूलो भूमिका खेलेको छ । प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने मुख्य नाकाका रुपमा रहेको यो पुल जीर्ण बन्दै गएपछि रामपुर नगरपालिकाले मर्मत तथा सम्भारको कामलाई गम्भीरतापूर्वक लिएको वडा नं ६ का अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपाने बताउनुुभयो ।

“पुलका धेरै संरचनाहरु जीर्ण बनेकाले मर्मत सम्भारभन्दा नयाँ पुल नै बनाउन नगरपालिकाले जोड दिइरहेको छ, पुल निर्माण गर्ने प्रक्रियाले रामपुर नगरपालिका आफैँले एक्लो निर्णय गरेर मात्र भएन”, उहाँले भन्नुभयो ।

रामपुर नगरपालिका वडा नं १ मा स्याउली बजारस्थित पुट्टारघाट, काशिवन, टापुधाम, वडा नं २ को भलायटारस्थित रानीघाट, वडा नं ३ मा केलादीघाट, वडा नं ४ मा कोप्चेघाटमा झोलुङ्गे पुल निर्माण भई हाल सञ्चालनमा छन् । त्यस्तै वडा नं ६ मा प्याक्लुकघाटको सोहरा प्याक्लुक झोलुङ्गे पुल, मिलनघाट, गौरीघाट, वडा नं ८ को खोरियाघाट, निर्दिमघाट, निसर्दीघाटमा झोलुङ्गे पुल बनेका छन् ।

वडा नं १० को होस्दी, बर्दले, आँधिघाट, मलौटेघाटमा झोलुङ्गे पुल निर्माण भएपछि कालीगण्डकी वारिपारि यात्रा गर्न सहज भएको छ । यसैगरी रामपुर नगरपालिका–६ र चापाकोट नगरपालिका–७ जोड्ने गौरीघाट र रामपुर ३ र चापाकोट ६ जोड्ने केलादीघाटमा पक्की पुल निर्माण भई सञ्चालनमा छन् । कालीगण्डकीको भुजात निर्दिमघाट, प्याक्लुकघाट, बर्दले आँधिघाटमा भने पक्की पुल निर्माणाधिन अवस्थामा छ ।