८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरी नियन्त्रण अभियानपछि बढ्यो राजश्व सङ्कलन



अ+ अ-

इनरुवा । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले चोरी नियन्त्रण अभियान सञ्चालन गरेपछि तीन दिनका अवधिमा २६ लाखभन्दा बढी राजश्व सङकलन गरेको छ ।
तीन दिनको अवधिमा रु २६ लाख ८० हजार २२२ राजश्व सङकलन गरिएको प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख रामउदगार साहले बताउनुभयो । कार्यालयले सुनसरीको कोशी, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंहलगायत गाउँपालिकामा रातिको समयमा गरिएको अनुगमनका क्रममा विद्युत् चोरी गरेर उपभोग गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेबापत रु ७३ हजार ५९२ राजश्व सङकलन भएको प्रमुख साहले जानकारी दिनुभयो ।

त्यसैगरी रु २४ लाख १९ हजार १३५ बक्यौता उठाउन बाँकी रहेकामा कार्यालयले जम्मा ११४ ग्राहकको लाइन कट्टा गरी ११४ र थप १४ जना ग्राहकको लाइन जडान गरेबापत असुल हुन बाँकीे र थप गरेर जम्मा रु २६ लाख ६ हजार ६३० गरेर कूल जम्मा रु २६ लाख ८० हजार २२२ तीन दिनको अवधिमा राजश्व सङकलन भएको छ ।

कार्यालयले विद्युत् चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिएका कारण अहिले धमाधम विद्युत् चोरी गर्नेहरु नियन्त्रणमा आउन थालेका छन् । कार्यालयले १३८ ग्राहकको बन्द मिटर रहेकामा सबैलाई निःशुल्क रुपमा मिटर वितरण गरेको छ ।