१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भित्र्याउँदै गरेको सुनसहित एक जना पक्राउ



अ+ अ-

रसुवा । गैरकानूनी तवरले रसुवागढी नाकाबाट नेपाल भित्र्याएको करिब एक किलोग्राम सुन आज रसुवा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकालका अनुसार सुन भित्र्याउँदै गरेको भन्ने सुुराकीका आधारमा प्रहरीको विशेष टोलीले रसुवागढी नाकाबाट अ वैध कारोवारमा संलग्न दुई महिलासहित करिब एक किलोग्राम सुन नियन्त्रणमा लिएको हो ।

सुन टुक्रा टुक्रा भएका कारण नेपाल बैंकको सुन जाँचकीबाट परिमाण यकिन गराई कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो । रसुवागढी नाकाबाट अवैध कारोवार रोक्न नेपाल प्रहरी सक्रिय रहेको प्रहरीले जनाएको छ ।