२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

‘मिचिएका नदी र साँघुरिएका किनार फिर्ता गर्ने सरकारको कदम’ (तस्बिरहरू)

‘मिचिएका नदी र साँघुरिएका किनार फिर्ता गर्ने सरकारको कदम’ (तस्बिरहरू)
अ अ+ अ-

काठमाडौं  । काठमाडौं उपत्यकाका नदी किनारका सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरूमाथि अहिले धमाधम डोजर चलिरहेको छ । वर्षौंदेखि अनधिकृत रुपमा निर्माण भएका पक्की घर, टहरा र व्यावसायिक भवनहरू भत्काएसँगै नदी किनारको स्वरुप परिवर्तन हुन थालेको छ ।

सरकारले नदी कोरिडोर सौन्दर्यीकरण योजनाअन्तर्गत यो शाहसी कदम चालेको भन्दै धेरैले समर्थन पनि गरेका छन् । कतिपयले भने नागरिकको उठिवास लगाएको भन्दै विरोध गरेका छन् । विष्णुमती र वागमतीका किनारहरूमा हिजोका दिनमा देखिने बाक्लो उपस्थिति अहिले भग्नावशेषमा परिणत भएको छ । कतिपय स्थानमा स्थानीय बासिन्दा आफैंले सामान सार्दै गरेको देखिन्छ भने कतिपय ठाउँमा सुरक्षाकर्मीको उपस्थितिमा डोजरले अन्तिम रुप दिइरहेको छ ।

नदीको बहाव क्षेत्र मिचिएका कारण हरेक वर्ष वर्षात्मा आउने बाढीले तल्लो तटीय क्षेत्रमा पार्ने जोखिम कम गर्न यो अभियान कोशेढुङ्गा सावित हुने ठानिएको छ । यद्यपि, यो अभियान पूर्ण रुपमा विवादरहित र सहज भने छैन । कतिपय नागरिकहरू आफ्नै आँखा अगाडि घर भत्किएको टुलुटुलु हेरिरहेका छन् । भग्नावशेषको बीचमा बसेर आफ्नो अनिश्चित भविष्यको चिन्ता गरिरहेका सुकुम्वासी परिवारहरूको कथा झन् मर्मस्पर्शी छ ।

—न्युज एजेन्सी नेपाल