३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायुसेवा कम्पनी सङ्कटमा, सरकारसँग ५० प्रतिशतसम्म शुल्क छुटसहित राहत माग



अ+ अ-

काठमाडाैँ । वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक संकटमा परेको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले सरकारसँग तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन माग गरेको छ ।

संघकाअनुसार कोभिड–१९ महामारी, जेन—जी आन्दोलन तथा मध्यपूर्व (खाडी) क्षेत्रमा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अत्यधिक वृद्धि भएको छ । इन्धनको मूल्य बढेसँगै उडान खर्च उल्लेखनीय रूपमा बढेको र नेपाल आउने पर्यटकको संख्यामा कमी आएकाले संकट समाना गर्नुपरेको छ ।

पहिले वायुसेवा कम्पनीहरूको कुल खर्चमा इन्धनको हिस्सा ३०–४० प्रतिशत रहने गरेकोमा हाल बढेर ५५–६० प्रतिशत पुगेको छ । यसले गर्दा कम्पनीहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको र भविष्यमा सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ ।

संघका अध्यक्ष प्रताप जंग पाण्डेले वायुसेवा सेवा सुचारु राख्न र यात्रुलाई सर्वसुलभ दिनका लागि राहतको माग गरेका छन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन लगायतका शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिन आग्रह गरेका छन् भने विमानस्थल सेवा शुल्क नियमावली, २०७८ संशोधन गर्नुपर्ने, आन्तरिक उडानमा लाग्दै आएको मौसमी सेवा शुल्क हटाउनुपर्ने तथा वायुसेवा उद्योगलाई प्राथमिकता प्राप्त उद्योगको रूपमा दिइएको वर्गीकरणअनुसार कर छुट उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन् ।

संघकाअनुसार हाल अमेरिकी डलरमा लिइँदै आइएको छ । ती विभिन्न शुल्क नेपाली रुपैयाँमा तोक्न समेत सरकारसँग आग्रह गरिएको छ ।