२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोबीखोला छेउको सात तले घरको चार तलासम्म मात्र चल्यो डोजर



अ+ अ-

काठमाडौँ । काठमाडाैँकाे अनामनगरस्थित रुद्रमती (धोबीखोला) किनारमा बनेको विवादित सात तले भवनमध्ये चार तला भागमा मात्रै डोजर चलाइएको छ । चार तलाभन्दा माथि भत्काउन नसकेपछि डोजर फर्किएका हुन्।

उक्त भवनभित्र रेष्टुरेन्ट, बार तथा स्पा लगायतका व्यवसाय सञ्चालनमा रहेका थिए।

सरकारी मापदण्डअनुसार खोलाको किनारमा तोकिएको दूरीभित्र बनेका संरचनामाथि मात्रै कारबाही गरिएको बताइएको छ । अनधिकृत रूपमा प्रयोग भएको भाग पहिचान गरी मात्र भत्काउने कार्य अघि बढाइएको जनाइएको छ ।