२४ भाद्र २०८३, बुधबार
,
Latest
बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपालाई पशुबधस्थल व्यवस्थापन गर्न चुनौती



अ+ अ-

काठमाडौँ । घरधनी र पशुबधस्थल सञ्चालकबीच कुरा नमिल्दा काठमाडौँ महानगरपालिकालाई बधस्थल व्यवस्थापन गर्न चुनौती थपिएको छ । हाल सञ्चालनमा रहेका पशु बधस्थलको जग्गा सञ्चालकका नाममा नभएको र समय किटान गरी सम्झौतानुरुप जग्गाधनीले सञ्चालकलाई जग्गा नदिँदा समस्या भएको कामपाको ठम्याइ छ । व्यवसाय सञ्चालकले आफ्नो जमीन नभएको र जग्गाधनीले जग्गा नदिँदा व्यवस्थितरूपमा व्यवसाय सञ्चालन हुन नसकेको गुनासो गरेका छन् ।

“व्यवसाय सुधार गरेर राम्रो बनाउन हामीलाई पनि मन छ तर घरधनीले जग्गा भाडामा दिनका लागि सम्झौता गरेको छैनन् । ‘सम्झौता गरिदिनोस् भन्दा मान्नुहुन्न,’ विष्णुमती नदी किनारमा लामो समयदेखि मासु व्यवसाय सञ्चालन गर्दै आएका सबिक शाही भन्छन्, “आज लगानी गरेर संरचना बनाउँला, भोलि उठेर जानोस् भन्ने डर छ, कसरी लगानी गर्नू ?”

कामपा, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले बधस्थल सञ्चालनमा पहिलेभन्दा केही सुधार आए पनि यसले अपुग भएको बताउँदै व्यवस्थापनका लागि कामपाले प्रयास गरिरहेको जानकारी दिन्छन् । भण्डारीका अनुसार सम्बन्धित वडाको अगुवाइमा घरधनी र व्यवसायीबीचको समस्या पहिचान गर्ने र नियमित अनुमगन गर्ने कार्यमा कामपा लागिरहेको छ ।हाल कामपामा करीब ५० बधस्थल सञ्चालनमा छन् ।

सञ्चालनमा रहेका ९० प्रतिशत पशुबधस्थल नियमविपरीत रहेको कामपाले स्वीकारेको छ । काठमाडौँमा पशुबध गर्ने स्थानकै अभाव छ । अव्यवस्थितरूपमा रातका समयमा पशुबध गरिने खोला किनारामा यत्रतत्र मासुजन्य वस्तुबाट निस्केका फोहर फालिने हुँदा वातावरणलाई थप दुर्गन्धित बनाएको छ । अहिले विष्णुमती नदी किनारामा रहेको लिङ्करोडभन्दा माथिल्लो भेगमा पशुबधशाला छन् । पहिले खोलाकै किनारामा पशुबध हुने गरेको थियो ।