२४ भाद्र २०८३, बुधबार
,
Latest
बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशमा बनेपालीको एकल चित्रकला प्रदर्शनी



अ+ अ-

काठमाडौँ । भक्तपुरका चित्रकार दीपेन्द्रमान बनेपालीले बङ्गलादेशको राजधानी ढाकामा ‘एकल चित्रकला प्रदर्शनी’ गरेका छन् । ढाकामा आयोजित ‘अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी’का अतिथि कलाकार बनेपालीले नेपालको संस्कृतिसँगै पुरातात्विक, ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान झल्कने चित्र समावेश गरेर चित्रकला प्रदर्शनी गरिएको जानकारी दिए ।प्रदर्शनीसँगै उनले नेपाल भ्रमण वर्ष २०२० मा “नेपाल घुम्न जाऔँ” भन्दै अतिथिहरुलाई नेपाली ढाकाटोपी लगाएर स्वागत गरेका थिए ।

बनेपालीले नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालका मठमन्दिर, लुम्बिनी, काठमाडौँ, पोखरालगायत विभिन्न पर्यटकीय क्षेत्रका बारेमा सहभागीलाई जानकारी गराइएको बताए ।बङ्गलादेशका वरिष्ठ कलाकार प्रा हमिद उदजमान खानले अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी ढाकामा पहिलो पटक भएको बताउँदै आपसी सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले पुलको काम गर्ने उल्लेख गरेका थिए ।

कार्यक्रममा बनेपालीले देशदेशबीच सम्बन्ध थप प्रगाढ बनाउन कला महत्वपूर्ण माध्यम हुने उल्लेख गरे । नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको प्रदर्शनीमा चित्रकलातर्फ २० र हस्तकलातर्फका २६ कलाकारले सहभागिता जनाएका छन् । शनिबारदेखि शुरु भएको प्रदर्शनी सात दिनसम्म चल्ने छ ।