४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती

पाकिस्तानमा बुद्ध जयन्तीः साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

पाकिस्तानमा बुद्ध जयन्तीः साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड
अ+ अ-

काठमाडौँ, १९ वैशाखः बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीङ्का, म्यान्मा र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा इस्लामावादस्थित नेपाली दूतावासले शुक्रबार विविध कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत पाकिस्तानस्थित धर्मराजिका स्तूप र टक्सिला सङ्ग्र्रहालयमा धार्मिक विभिन्न गतिविधि सञ्चालन गरिएका थिए ।

उक्त दूतावासका अनुसार टक्सिला  संग्रहालयमा ‘दिगो पर्यटनका लागि साझा बौद्ध सम्पदाको उपयोग’ विषयको छलफलमा पाकिस्तानका लागि नेपालका राजदूत रीता धितालले स्वागत मन्तव्य व्यक्त गर्दै विश्वभरका ५० करोडभन्दा बढी श्रद्धालुका लागि बौद्ध सम्पदास्थल प्रमुख तीर्थस्थलका रूपमा रहेका बताउनुभयो ।
उहाँले ती स्थल आध्यात्मिक, सांस्कृतिक तथा शैक्षिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउँदै दक्षिण एसियाका बौद्ध स्थललाई पूर्वाधारमार्फत आपसमा जोड्न सके स्थानीय समुदायको सामाजिक–आर्थिक विकासमा टेवा पुग्ने, तीर्थयात्रीलाई ध्यान अभ्यास गर्न सहज हुने तथा अनुसन्धानकर्तालाई बौद्ध दर्शन अध्ययनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

राजदूत धितालले श्रीलङ्का उच्चायोग तथा थाइल्याण्ड, म्यानमार, भियतनाम र नेपालको संयुक्त आयोजनाले बौद्ध धर्मलाई एसियाभर जोड्ने साझा सांस्कृतिक तथा आध्यात्मिक सेतुका रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यसले शान्ति, करुणा र प्रज्ञाको सार्वभौमिक मूल्य प्रवद्र्धन गर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषद्वारा तयार गरिएको लुम्बिनी गुरुयोजना, मायादेवी मन्दिर, विहार क्षेत्र तथा शान्तिज्योतिसम्बन्धी विवरण समेटिएको लुम्बिनीसम्बन्धी ‘भिडियो’ पनि प्रदर्शन गरिएको थियो ।रासस