६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र गरियो

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र गरियो
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा पक्की गरेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३०२ दशमलव ८४ किमी सडक कालोपत्र गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा २४९ दशमलव ५८ प्रतिशत सडक कालोपत्र तथा पक्की गरिएको थियो । चालु आवको चैत मसान्तभित्र ५३ दशमलव २६ किमी सडक थप निर्माण भएको हो । चालु आवमा १६१ किमी कालोपत्र, पक्की, पेभमेन्ट गर्ने लक्ष्य राखिएकामा चैत मसान्तसम्म ५३ दशमलव २६ किमीमा काम सम्पन्न भएको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इञ्जिनियर रमेश सुवेदीले जानकारी दिनुभयो ।

हुम्लामा कुनै पनि सडक कालोपत्र नभएको उहाँले बताउनुभयो । “कर्णालीका १० जिल्लामा ७७४ दशमलव ७१ किमी सडक ग्राभेल भएको छ । आव २०८१/८२ सम्म ७१३ दशमलव ६५ किमी ग्राभेल गरिएकामा चालु आवको चैत मसान्तसम्म ६१ दशमलव शून्य छ किमीमा ग्राभेल भएको छ । चालु आवमा १३९ दशमलव ७० किमी सडक ग्राभेल गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

आव २०८१/८२ सम्म माटे कच्ची तीन हजार २७६ दशमलव ४४ किमी सडक निर्माण भएकामा चालु आवको नौ महिनामा ११३ दशमलव ९८ किमी थप भएको वरिष्ठ सिनियर डिभिजनल इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म तीन हजार २७६ दशमलव ४४ किमीमा ट्याक खेखिएको, अन्य सडक स्तरोन्नति, नाला निर्माण, ग्याविन, टेवा पर्खाल गरेर ७५४ दशमलव ५९ किमी सडकमा काम भएको छ ।

कहाँ कति पुल निर्माण भए ?

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले हालसम्म १५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको जनाएको छ । आव २०८१/८२ मा १२५ झोलुङ्गे पुल निर्माण भएकामा चालु आवको नौ महिनामा २६ वटा निर्माण भएका छन् । सुर्खेतमा चार, दैलेखमा सात, रुकुम पश्चिममा एक, जाजरकोटमा एक, डोल्पामा चार, जुम्लामा चार, मुगुमा दुई र कालिकोटमा तीन वटा झोलुङ्गे पुल निर्माण भएका इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवको हालसम्म नौ वटा सडक पुल, सात वटा सार्वजनिक भवन, जनता आवास (सङ्घ) तर्फ ३८ वटा घर निर्माण भएका प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।

“जनता आवास प्रदेशतर्फ हालसम्म ७३६ वटा आवास निर्माण भएका छन् । चालु आवको नौ महिनामा ३० वटा निर्माण भएका छन् । विपन्नको घर कार्यक्रमअन्तर्गत हालसम्म चालु आवको हालसम्म ३२ वटा निर्माण भएका छन्”, इञ्जिनियर सुवेदीले भन्नुभयो । रासस