६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन्ः पुरातत्व विभाग

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन्ः पुरातत्व विभाग
अ+ अ-

काठमाडौँ। काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्वका नभएको पुरातत्व विभागले स्पष्ट पारेको छ ।

बल्खु क्षेत्रस्थित सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउने क्रममा भत्काइएका मन्दिरका संरचना नयाँ तथा निजी स्वामित्वका भएकाले विभागले संरक्षण गर्न आवश्यक नदेखिएको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग राससलाई बताउनुहुन्छ ।

विभागले १०० वर्षभन्दा पुराना ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका संरचनामात्र संरक्षणमा गर्दै आएको जानकारी दिँदै उहाँले भन्नुभयो, “दशदेखि १५ वर्षअघि निर्माण भएका नयाँ वा निजी संरचनालाई विभागले संरक्षण गर्दैन । त्यो हाम्रो दायित्वभित्र पर्दैन ।”

महानिर्देशक प्रधानाङ्गले बल्खु क्षेत्रमा गरिएको स्थलगत अवलोकनका क्रममा भत्काइएका संरचनामा प्राचीनताको कुनै आधार नभेटिएको बताउनुभयो ।

त्यहाँ दुईवटा मूर्ति र एउटा आकारविहीन शिला भेटिएको थियो । “सिमेन्टले ढलान गरिएको नयाँ संरचना थियो, पुरानो कुनै संरचनात्मक विशेषता देखिएन,” उहाँले भन्नुभयो, “ती मूर्ति करिब १०–१५ वर्ष पुराना हुनुपर्छ, पुरातात्त्विक महत्वका वस्तु भेटिएनन् । स्थानीय व्यक्तिले नै ती मूर्तिको स्वामित्व दाबी गरेपछि विभागले त्यसलाई आफ्नो संरक्षणमा लिएन ।”

केही समय यता बस्ती विस्तारसँगै सामाजिक एकता वा पहिचानका लागि नयाँ मन्दिर तथा धार्मिक संरचना निर्माण गर्ने चलन बढेको बताउनुभयो । “विशेषगरी सुकुमवासी बस्तीमा बनेका यस्ता संरचना धेरैजसो नयाँ छन्,” उहाँले भन्नुभयो, “कहिलेकाहीँ जमिनमा स्वामित्व दाबी मजबुत बनाउन पनि यस्ता संरचना बनाउने प्रवृत्ति देखिन्छ ।”

बागमती किनारका प्राचीन मन्दिरहरूको उदाहरण दिँदै उहाँले ती संरचना व्यवस्थित रूपमा निर्माण गरिएका, गुठी राखिएका र ऐतिहासिक अभिलेखसहित समाजसँग जोडिएका बताउनुभयो ।

“हामीले अनधिकृत बस्ती हटाउने क्रममा पनि प्राचीन महत्वका संरचना छन् वा छैनन् भनेर ध्यान दिँदै आएका छौँ,” उहाँले भन्नुभयो, “बल्खुको उक्त संरचना भने विभागले संरक्षण गर्नुपर्ने श्रेणीमा पर्दैन ।”

विभागका अनुसार प्राचीन स्मारकका लागि संरचनामा ऐतिहासिकता, अभिलेख, निरन्तरता र निर्माण सामग्रीसमेत महत्वपूर्ण हुन्छ । “पुराना इट्टा, माटो, काठ वा ढुङ्गाका, गुठी व्यवस्था भएका, दाताको नाम र अभिलेख रहेका संरचनालाई मात्रै प्राचीन स्मारक मानिन्छ ।