१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको कोमी गणतन्त्रमा हेलिकप्टर दुर्घटना, ८ जना घाइते



अ+ अ-

काठमाडौँ। रुसको कोमी गणतन्त्रमा शुक्रबार एक यात्रुवाहक हेलिकप्टर ‘हार्ड ल्याण्डिङ’ (बलपूर्वक अवतरण) हुँदा आठ जना घाइते भएका छन् ।

रुसको आपतकालीन अवस्था मन्त्रालयका अनुसार दुर्घटनाको समयमा हेलिकप्टरमा २४ जना सवार थिए । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उसिन्सक स्थित एक हेलिप्याडबाट उडान भर्ने क्रममा निजी कम्पनीद्वारा सञ्चालित हेलिकप्टर सन्तुलन गुमाई एकातर्फ कोल्टिएर दुर्घटनामा परेको थियो ।

उक्त हेलिकप्टरमा सिफ्टमा काम गर्ने कामदारहरू सवार रहेको बताइएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ अग्नि नियन्त्रक र उद्धार टोलीहरू घटनास्थलमा पुगेका थिए।

घाइतेहरूको उपचार भइरहेको र दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान शुरु गरिएको मन्त्रालयले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल




भर्खरै