१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहामा बृद्धजयन्ती मनाइयो



अ+ अ-

काठमाडौँ। २५७० औँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित नेपाली दूतावासमा शुक्रबार एक कार्यक्रम आयोजना गरी शान्तिका प्रवर्तक भगवान् गौतमबुद्धका उपदेशबारे विमर्श गरिएको छ ।

नेपाली दूतावास र गैरआवासीय नेपाली महासङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईले गौतमबुद्धले देखाउनुभएका अष्टाङ्गमार्ग र शीलको चर्चा गर्दै भौतिक शुद्धिसँगै मानसिक शुद्धि आवश्यक भएको बताउनुभयो ।

उक्त दूतावासका अनुसार लामा गुरु राकेश लो तामाङ, परिषद्का अध्यक्ष कृष्ण पन्थी, कतारस्थित नेपाली महिला समाजकी अध्यक्ष लोकमाया केसी, नेपाली आदिवासी जनजाति महासङ्घका अध्यक्ष राकेश श्रेष्ठलगायतले भगवान् बुद्धका उपदेशको पालनाबाट अलौकिक शान्ति प्राप्त हुने बताउनुभयो ।  रासस




भर्खरै