• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीलाई भेट्न शिक्षा, स्वास्थ्य मन्त्री र मुख्य सचिव मनमोहनमा



काठमाडौं । शिक्षा, स्वास्थ्य मन्त्री र मुख्य सचिव महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्। शिक्षा, स्वास्थ्य मन्त्री र मुख्य सचिव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् ।

एपेन्डिसाइटिसको शल्याक्रिया सकिएपछि प्रधानमन्त्रीलाई भेट्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र मुख्य सचिव लोकदर्शन रेग्मी उनको स्वास्थ अवस्था बुझ्न अस्पताल पुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई आज अस्पतालमै राखिने अस्पतालले जनाएको छ।