६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १९ चिकित्सकको लाइसेन्स खारेज



अ+ अ-

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ ।

काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए । यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो ।

उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए । उनले ती चिकित्सकको दर्ता किताबबाट नाम समेत हटाइएको बताए ।

“नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको छ,” उनले भने ।

ती चिकित्सक नेपाली नागरिकता त्यागेर ब्रिटिस, क्यानेडियन, अमेरिकन, न्युजिल्यान्ड, जर्मन, अष्ट्रेलियन र भारतीय नागरिकता लिएकाले दर्ता खारेज गरिएको हो । उहाँका अनुसार डा सुमिन्द्रा पुन, डा शैलेशकुमार जयसवाल, डा भूपेश खड्का, डा आरती रानाभाट, डा रमेशराज पहारी, डा सञ्जोक घले, डा ऋषिराज बराल, डा प्रभु पाण्डे, डा तृप्ती महर्जन र डा सृजना श्रेष्ठ रहेका छन्।

यस्तै, लाइसेन्स खारेज हुनेमा डा सुनिता विष्ट, डा दीपा मल्ल, डा सौरब जिसी, डा.जेनिसा श्रेष्ठ, डा प्रभास रेग्मी, डा दिपीका ज्ञवाली, डा हेमु चौरसिया, डा समीक्षा शर्मा र डा मनोरमा पाण्डे रहेका छन् ।