३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको आर्थिक संकट र कुटनीतिक जटिलताप्रति सरकार गम्भीर नभएको काँग्रेस सभापति थापाको आरोप



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले देशको वर्तमान आर्थिक अवस्था र छिमेकी मुलुकहरूसँगको व्यापारिक तथा कुटनीतिक सम्बन्धबारे सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले अर्थतन्त्र ‘कोमा’ मा जान लागेको संकेत गर्दै सरकारको प्राथमिकता गलत ठाउँमा रहेको बताउनुभएको हो । थापाले बैंकहरूमा पैसा थुप्रिने तर ऋण लिने वातावरण नहुनुले लगानीकर्तामा विश्वासको कमी देखिएको उल्लेख गर्नुभयो । कुटनीतिक सन्दर्भमा बोल्दै थापाले भारतले नेपाली चियामा लगाएको कर र चीनसँगको नाकामा देखिएको अवरोधका कारण नेपाली उद्यमी मारमा परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दैनिक ज्यालादारी गर्ने मजदुरदेखि ठूला व्यवसायीसम्म आर्थिक मन्दीको चपेटामा छन्, भान्सा महँगो भएको छ तर सरकार परिणाममुखी काममा लाग्नुको सट्टा प्रचारमुखी कार्यमा रमाएको छ ।’

भारत र चीनले लिपुलेक हुँदै मानसरोवर जाने बाटोका बारेमा गरिरहेको छलफलमा नेपालले आफ्नो स्पष्ट र एकीकृत अडान राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रिय हितका विषयमा सिङ्गो नेपाल एक ठाउँमा उभिनुपर्ने र सरकारले छिमेकी मुलुकहरूसँग सहुलियतपूर्ण व्यापारका लागि ठोस पहल गर्नुपर्ने उहाँको माग थियो ।