१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खुका अनधिकृत संरचनामा सरकारको डोजरः आज ६८६ घरटहरा हटाउने लक्ष्य



अ+ अ-

काठमाडाैँ । सरकारले काठमाडौंको बल्खुस्थित वागमती नदी किनारमा रहेका अनधिकृत सुकुम्बासी बस्तीका घरटहरा हटाउन शुरु गरेको छ ।

दोस्रो चरणको अभियानअन्तर्गत आज बल्खु, वंशीघाट, वसन्तनगर र अनामनगर लगायतका स्थानमा रहेका अनधिकृत संरचनाहरूमा डोजर चलाइएको हो ।

नदी किनारका क्षेत्रलाई अतिक्रमणमुक्त गराउने उद्देश्यसहित शुरु गरिएको यस अभियानको पहिलो चरणमा गैरीधारा, थापाथली र मनोहरा क्षेत्रका सुकुम्बासी बस्तीका संरचनाहरू हटाइएको थियो । आजको कारबाहीमा कुल ६ सय ८६ वटा संरचना भत्काउने लक्ष्य राखिएको छ । जसअन्तर्गत बल्खु क्षेत्रका ४ सय ८६ र वंशीघाट क्षेत्रका २ सय वटा घरटहराहरू डोजर प्रयोग गरी खाली गराउन थालिएको छ ।

बर्खायाममा नदीमा आउने बाढी र त्यसबाट हुनसक्ने सम्भावित डुबानका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले यो कदम चालेको हो ।

नागरिकको जीउधनको रक्षा र नदीको प्राकृतिक बहाव सुनिश्चित गर्न यस कार्यलाई उच्च प्राथमिकतामा राखिएको सरकारी अधिकारीहरूले बताएका छन् । यसपछिको योजनाका सम्बन्धमा जानकारी दिँदै सरकारले अब क्रमशः शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।